बिहेको प्रलोभन दिएर बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सप्तरीमा बिहेको प्रलोभन देखाएर एक नाबालिकामाथि करणी गरेको आरोपमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेका छन् । राजविराज नगरपालिकाकी १२ वर्षीया बालिका र १७ वर्षका बालकबीच तीनरचार महिनाअघि चिनजान भएकोमा बालकले शनिबार साँझ बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । नाबालिकाले बिहेको प्रलोभन देखाई बलात्कार गरेको विषयमा परिवारजनलाई जानकारी गराएपछि […]
जसपा नेपाल र अशोक राई नेतृत्वको जसपाबीच आजै एकता घोषणा हुने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई दलबीच आजै एकताको औपचारिक घोषणा हुने तयारी गरिएको छ। एकताका लागि जसपातर्फबाट उपाध्यक्ष रेणु यादवले पहल गरेकी छन्। अध्यक्ष अशोक राई भने हालसम्म एकताका विषयमा पूर्ण रूपमा सहमत भइनसके पनि […]
प्रतिनिधिसभा निर्वाचन स् समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने आज अन्तिम दिन

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले निर्धारण गरेको अनुसार आज समाुनपातिकतर्फको बन्दसूची बुझाउन अन्तिम दिन हो ।आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबार र सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन समय दिएको हो । आज […]
मजदुरी गर्दै पढेका सिरहाका दलित युवकले एमबीबीएस पुर्ण छात्रवृत्तिमा नाम निकाले

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–२ का दलित समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढाइ जारी राख्दै एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र निरन्तर संघर्षका बीच उनले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षामा सफलता हात पारेका हुन् । बरियारपट्टीको श्रीपुर गाउँमा बसोबास गर्ने […]
सुन-चाँदीको भाउमा नयाँ रेकर्ड, आइतबार सुन प्रतितोला २ लाख ७० हजार नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । नेपाली बजारमा सुनको भाउले आइतबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो। आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार पनि […]
प्रतिनिधिसभा निर्वाचनका लागि आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेश गर्नुपर्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने बताए । […]
सवारी दुर्घटनामा परेर क्रिकेट खेलाडीको निधन

सामाजिक फीड- सिरहा, पुस १० गते । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका होनहार क्रिकेटर मिनष थापाको निधन भएको छ। आज बिहान विराटनगर महानगरपालिका ४ को भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहान करिब पौने १ बजे […]
मधेस प्रदेशः बोलपत्रको सूचना एक प्रतिमा मात्र प्रकाशित गरी भ्रष्टाचार गरेको भन्दै सम्पादकसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर […]
प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा परेको पूरक रिटको पेसी आज

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा परेको पूरक रिटमा आज पेसी तोकिएको छ । मंगलबार नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ निवर्तमान सांसदले पूरक रिट दायर गरेकोमा आज पेसी तोकिएको हो । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पूर्वसांसदहरूद्वारा हस्ताक्षरसहितको वारेस दिइएको थियो । २३ मंसिरमा कांग्रेसका ८ सांसदले रिट दर्ता गरेका […]
मधेसमा बढ्यो राष्ट्रिय सभा चुनावको सरगर्मी, कुन दल कति शक्तिशाली ?

सामाजिक फीड-जनकपुरधाम, पुष ८ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतभारको अन्तिम खाका सार्वजनिक भएसंगै मधेसमा चुनावी सरगर्मी बढेको छ। माघ ११ गते देशभर रिक्त भएका १९ सिटको लागि हुनलागेको चुनावमा मधेस प्रदेशबाट २ जना सदस्यका लागि निर्वाचन हुनेछ ।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशको कुल मतभार १० हजार ८३९ निर्धारण गरिएको छ। यस प्रदेशमा […]