Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २६  गते ।

सर्लाही प्रहरीले चाँदीका अवैध गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

मलंगवा नगरपालिका वडा नं. ९ बस्ने ५५ वर्षीय गौरीशङ्कर साहलाई चाँदीका अवैध गरगहनासहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले साहको साथबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको ९१५।४६० ग्राम चाँदी बरामद भएको जनाएको छ ।

मलंगवा नगरपालिका-९, ट्रायल सेन्टर अगाडिको बाटो हुँदै भारतबाट अवैध रुपमा चाँदीका गरगहना ल्याउँदै गर्दा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।

साहलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *