Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २५ गते ।

मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पुर्वमन्त्री भरत प्रसाद साहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंह र महोत्तरी(४ बाट नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार साहको जमानत जफत भएको हो ।

निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । तर दुबैजाले १० प्रतिशत पनि मत प्राप्त गर्न सकेनन् ।

सिंह सप्तरी(२ को मत परिणाममा चौथो स्थानमा सीमित भएका छन्। यस क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत पाउँदा पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन्। ३४ जना उम्मेदवार रहेको यस क्षेत्रमा ३१ जनाको जमानत जफत भएको हो। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसंग द्वन्द भएपछि उनलाई हराउने उदेश्यका साथ उनी प्रदेशसभाबाट राजिनामा दिएर संसदीय चुनाव लड्न पुगेका थिए ।

त्यसैगरी महोत्तरी(४ बाट नेकपाका उम्मेदवार साहले जम्मा ५,३३६ मत मात्रै प्राप्त गरे । यस क्षेत्रमा रास्वपाकी उम्मेदवार गौरी कुमारीले ३०,१३२ मत प्राप्त गर्दै विजयी हुँदा साह पाँचौं स्थानमा सिमित भए । साहले जातीय आधारमा आफुले जित्ने दाबी गर्दै उम्मेदवारी दिएका थिए ।

सबै प्रमुख दलका उम्मेदवार यादव समुदायको रहेकाले गैर यादव र मुस्लिम समुदायका मतदाताले आफुलाई जिताउने उनले आफ्ना निकटस्थहरुलाई बताउने गरेका थिए ।
साह पार्टी भित्रै विवादित छविका नेता हुन ।

प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेका रामचन्द्र मण्डल समेत नराम्ररी पराजित भएका छन् । प्रदेशसभाबाट राजिनामा दिएर रास्वपाबाट चुनाव लडेका बारा(४ का रहबर अन्सारी भने फराकिलो मतान्तरका साथ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *