सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादव रहेका छन् । उमेशले १४ हजार २६३ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा २०७९ को निर्वाचनमा विजयी भएका जनमत पार्टीका अध्यक्ष डा। सीके राउत भने यस पटक तेस्रो स्थानमा सीमित भएका छन्। राउतले ९ हजार ८८० मत प्राप्त गरेका छन्।
त्यस्तै, मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले ३ हजार ५५७ मत पाएका छन्। उनी स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका थिए।
नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ मत प्राप्त गर्दा राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले १ हजार १२० मत पाएका छन्।
नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८८३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यनाथ प्रसाद यादवले ४२६ मत प्राप्त गरेका छन्।