सामाजिक फीड-
जनकपुरधाम, फागुन २५ गते ।
पर्सा प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन् । उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
ती किशोरीलाई साहले जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली उनलाई खोज्न खटिएको थियो।
वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले साहलाई पक्राउ गरेको हो।
पक्राउ परेका साहलाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।