सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। उनले ४० हजार ६९७ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। साहले मन्सुरलाई ३० हजार ६४५ मतान्तरले पराजित गरेका हुन्।
उहाँको घर बारा जिल्लाको महागढीमाई नगरपालिका-७, तेलकुवामा छ।
आईटी क्षेत्रका अनुभवी साहको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरु भएको हो। खल्ती डिजिटल वालेटका संस्थापक निर्देशक समेत रहेका साह बारा क्षेत्र नम्बर-३ बाट रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
टेक उद्यमी साहले स्परो एसएमएस लगायतका डिजिटल प्लेटफर्महरूमा काम गरेका छन्। उनले पहिलो पटक राजनीतिमा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ३० हजार ६४५ मतान्तरले विजयी भएका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।