महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवार बढी, ८८ जना स्वतन्त्र दलगत ५५

सामाजिक फीड-जनकपुरधाम,माघ ८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लामा दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ। जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा गरी ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने संख्या भने ५५ जनामात्र रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा १२ […]
प्रतिनिधिसभा निर्वाचनस् ५८३ जना युवा बने उम्मेदवार
सामाजिक फीड-जनकपुरधाम,माघ ७ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५८३ जना युवाले उम्मेदवारी दिएका छन् ।प्रत्यक्षबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जनाएका हुन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ । उमेर […]
एकैदिन सुन तोलामा १० हजारभन्दा बढी महँगियो

सामाजिक फीड-जनकपुरधाम,माघ ७ गते । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय […]
सीके राउत नहटेपछि उपेन्द्रको क्षेत्र परिवर्तन, सप्तरी-२ छाडेर ३ मा पुगे

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्। राउतको अडानपछि यादव अब सप्तरी निर्वाचन क्षेत्र नम्बर […]
धनुषा २ मा नेकपाको तर्फबाट झाले दर्ता गराए उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्व स्थानीय विकासमन्त्री समेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने बताए । फाएजा फहमीदाफाएजा […]
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]
रास्वपाका नेता बालेन शाहको जनकपुरमा मैथिलीमा सम्बोधन

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुरमा आयोजित कार्यक्रममा मैथिली भाषामा सम्बोधन गरेका छन्। मधेसको पहिचान, भाषा र संस्कृतिप्रति सम्मान जनाउँदै उनले स्थानीय भाषामै भाषण गरेपछि कार्यक्रमस्थलमा उपस्थित समर्थकहरूले उत्साहजनक प्रतिक्रिया जनाएका थिए। बालेनको मैथिली सम्बोधनलाई मधेसप्रति अपनत्व र समावेशी राजनीतिक सन्देशको रूपमा हेरिएको छ। फाएजा फहमीदाफाएजा फहमीदा […]
खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]
राजबिराज आउँदै गरेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । विराटनगरबाट राजबिराज आउँदै गरेको ट्रक सुनसरीमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ५ बजे हुलाकी राजमार्गबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्रक अनियन्त्रित भई […]
भुक्तानी संकट चुलिँदा शहीद गंगालाल हृदय केन्द्रद्वारा स्वास्थ्य बीमा सेवा बन्द
सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा फसेसँगै ठूला अस्पतालहरुले धमाधम यो सेवा रोक्न थालेका छन् । बीमा बोर्डबाट समयमै भुक्तानी नआएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा अन्तर्गतका सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।अस्पताल प्रशासनका अनुसार शोधभर्ना बापत पाउनुपर्ने रकम लामो समयदेखि नआएकाले बीमा कार्यक्रम प्रभावकारी […]