सामाजिक फीड-
जनकपुरधाम, चैत १९ गते ।
संघ सरकारले अब तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न रोक लगाइने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस निर्णयको जानकारी मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै दिएको हो।
झयो कदम मितव्ययिता कायम राख्न, विज्ञापन तथा सूचना प्रकाशनरप्रसारणमा पारदर्शिता सुनिश्चित गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन गर्न लिइएको हो’, बुधबार गरिएको पत्राचारमा भनिएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।