श्रम शोषण विरुद्ध स्वास्थ्यकर्मी, आठ बुँदे माग पूरा नभए आन्दोलनमा जाने चेतावनी

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेशका निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरूले श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै ८ सुत्रीय मागसहित कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।धनुषाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत […]
मधेस प्रदेशमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । रौतहटमा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ । गुजरा नगरपालिका–२, कटानी टोलबाट छुट्टा छुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको हो । शनिबार राति करिब साढे ९ बजेको समयमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले काठमाडौँका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो। […]
सोमवारदेखि जसपा नेपाल मधेसको अधिवेशन हुने, यी तीनजना अध्यक्षका दावेदार

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अगामी सोमबारदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय पहिलो अधिवेशन जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनमार्फत ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ। आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेश कमिटीका अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय […]
टी-२० छनोट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग खेल्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल आज यूएईसँग खेल्दै छ ।ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुन लागेकोमा नेपालले पहिलो खेलमा यूएईसँग खेल्दैछ । नेपाल र यूएईबीचको खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु […]
अफगानिस्तान र पाकिस्तान सीमा तनाव: तालिबानद्वारा तीन पोस्ट कब्जा, गोलाबारी जारी

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ ।यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो।अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको पाकिस्तानी सुरक्षा अधिकारीहरूले बताएका छन्। सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको […]
पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान शुरु हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । सरकारले हैजा प्रभावित पर्सा र बारामा खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिइनेछ। एक वर्षभन्दा माथिका सबैलाई खोप दिइनेछ। खोप शाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा सजिलै उपलब्ध नभएको […]
सर्लाहीमा खोलामा डुबेर एकजनाको मृत्यु

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । शुक्रबार बिहान बलरा नगरपालिका–१०, सुदामा गाउँका २८ वर्षीय विवेक भन्ने हरिशङ्कर चौधरीको मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो । सुदामा ब्यारेज भन्दा ३० मिटर पूर्वतर्फ खोलाको पानीमा डुबिरहेको अवस्थामा चौधरीको शव फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी […]
बीपी राजमार्गमा शनिबारदेखि सवारी सञ्चालन गरिने

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्मको ट्रयाक खोलिसकिएको छ। आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक निर्माण पूरा गर्ने योजना रहेको उनले जानकारी दिए। उनले भने ट्रयाक खुलेपछि केही सवारी साधन प्रयोग गरी परीक्षण गरिनेछ। त्यसपछि शनिबार […]
मुख्यमन्त्री सतिश सिंहले २८ गते विश्वासको मत लिने,प्रदेश सभालाई लेखे यस्तो पत्र

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख गरिएको छस्नेपालको संविधानको धारा १ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२/०६/२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु। फाएजा फहमीदाफाएजा फहमीदा […]
अब विदेशबाट दैनिक २५ लाखसम्म रेमिट्यान्स पठाउन सकिने: राष्ट्र बैंकको निर्णय

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो। संशोधित परिपत्रमा उल्लेख छ: ‘नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले […]