सिरहाको डकैती प्रकरणमा एक भारतीयसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हाकट्टीमा तीन महिनाअघि भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार उनीहरूको साथबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो […]
मिथिला मध्यमा परिक्रमा आज कञ्चनवन पुग्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन ११ गते । मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला बिहारीको डोलासहित परिक्रमा यात्रीहरू आज महोत्तरीको कञ्चनवन पुग्दै छ । ध्रुवकुण्डबाट निस्केको डोला आज कञ्चनवन पुगेपछि परम्पराअनुसार श्रद्धालुहरूले एकअर्कालाई रंग-अबिर दलेर होली पर्व मनाउने छन् । धार्मिक विश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले कञ्चनवनमै होली खेलेको सम्झनामा प्रत्येक वर्ष परिक्रमा डोला यहाँ पुगेपछि […]
रौतहटमा भएको घटनाको अनुगमन गर्न मानव अधिकारको टोली प्रस्थान

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटमा दुई समुदाय बिच उत्पन्न भएको परिस्थितिमा मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले यस घटनाको अनुगमन गर्न एक टोली आजै गौरतर्फ पठाएको छ । आयोगले सदियौं देखी सामाजिक सद्भाव कायम रहँदै आएका विभिन्न जात, धर्म, संस्कृती र सम्प्रदाय बिचमा पछिल्ला दिनहरुमा बढ्दै गएका तनावपूर्ण कृयाकलापहरुले मानव अधिकारका […]
पर्सामा निर्वाचन सुरक्षाका लागि १ सय ६७ मतदानस्थलमा सीसीटीभी जडान

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना तयार पारेको छ। प्रहरीका अनुसार जिल्लाभर रहेका कुल १६७ मतदानस्थललाई फागुन १७ गतेसम्म सीसीटीभी प्रणालीसँग जोडिने व्यवस्था गरिएको छ। यस प्रणालीमार्फत मतदानस्थलहरूमा निरन्तर निगरानी राखेर फागुन २१ गते हुने मतदान प्रक्रियालाई अझ सुरक्षित, […]
इरानमा पुनः चर्कियो विद्यार्थी आन्दोलन, तेहरानका विश्वविद्यालयमा प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । इरानमा विद्यार्थी आन्दोलन पुनः चर्किएको छ। राजधानी तेहरान सहित विभिन्न विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै प्रदर्शनहरू सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेहरानस्थित शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरूले मार्च गरेका तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। राजधानीकै अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थीहरूले धर्ना र विरोधसभा आयोजना […]
रौतहटमा हिन्दु-मुस्लिम विवाद चर्कियो : जनमतका जिल्ला इन्चार्ज र वडा अध्यक्षसहित २३ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका-६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय का डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार जम्सेद र शाहसहित कर्फ्यू उल्लङ्घन गरेको आरोपमा थप २१ […]
रौतहटमा आज पनि कर्फ्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । रौतहटमा भएको सामुदायिक द्वन्द पछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा लगाएको कर्फ्युलाई निरन्तरता दिएको छ । आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्युलाई केही खुकुलो गरिए पनि अहिले पुनस् निरन्तरता दिइएको हो ।प्रमुख जिल्ला अधिकारी दिनेशसागर […]
सप्तरीमा ७ वर्षीया बालिकाको अपहरण, फोन गरेर एक करोड नगद र ५ केजी सुन फिरौती मग्दा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले ७ वर्षीया बालिकाको अपहरण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ९ सर्पा बस्ने ३० वर्षीय इम्तियाज अहमद रहेका छन्। प्रहरीका अनुसार सोमबार बेलुका करिब ७ बजेतिर खडक नगरपालिका ८ बिसनपुरस्थित भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन […]
सिरहामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । सिरहाको औरही गाउँपालिका-५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३, शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन्। शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टीबाट औरहीतर्फ जाँदै गरेका उनलाई शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका […]
शिवरात्रीमा पशुपतिमा युवकको संकास्पद मृत्यु : फरार ‘बाबा’को खोजी

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । शिवरात्रीको भोलिपल्ट काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको शव फेला परेको छ। घटनास्थलको निरीक्षणपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीहरूले घटनास्थलको मुचुल्का गरी अनुसन्धान गरिरहेका छन्। मृतकको शरीरमा नीलपानी र चोटपटक देखिएको हुँदा मृत्यु संकास्पद मानिएको छ। अपराध अनुसन्धान […]