Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २०
  गते ।

रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलियालाई पक्राउ गरेको छ।

सरकारले मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि आज प्रहरी टोली कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम लिएर काम गराइदिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चारै जनामाथि सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *