Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत २०
  गते ।

गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ अस्पताल पुगेका थिए।

अस्पतालमा उपचाररत घाइतेसँग भेट गर्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका थिए। यस क्रममा उनले आन्दोलनका घाइतेलाई निस्शुल्क उपचार सेवा उपलब्ध गराएकोमा केएमसी अस्पतालका सञ्चालक तथा पूर्वसांसद डा। सुनिल शर्मालाई विशेष धन्यवाद दिएका छन्।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि सक्रिय देखिएका मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए। डा। शर्माले अधिकांश घाइते डिस्चार्ज भइसकेको र केही गम्भीर घाइते अझै होसमा नआएको बताए। उनीहरूको उपचार अस्पतालमै निस्शुल्क जारी रहेको जानकारी दिए।

भेटका क्रममा डा। शर्माले भने, “मन्त्रीज्यू आफैं आउनु भई बिरामीको अवस्था बुझ्नुभयो, यसले उनीहरूमा थप ऊर्जा दिएको छ। यहाँ ल्याइएका सबै घाइतेको उपचार मैले निस्शुल्क गरिरहेको छु।”

जवाफमा गृहमन्त्री गुरुङले डा। शर्माको मानवसेवाप्रतिको योगदानको प्रशंसा गर्दै उनको हातमा अंकमाल गर्दै धन्यवाद व्यक्त गरे। “तपाईंले घाइतेलाई मात्र होइन, उनका परिवारको आँसु पनि पुछिदिनुभयो। मानवताको लागि देखाएको तपाईंको यो कार्य सधैं सम्मानयोग्य छ,” उनले भने।

मन्त्री गुरुङले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सरकारले यस्ता विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *