Samajik Feed – News Portal from Nepal

मधेस सरकार गठन विरुद्ध सात दल तेस्रो दिन पनि धर्नामा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । मधेस प्रदेश सरकार गठनको विरोधमा सात दलले सुरु गरेको धर्ना कार्यक्रम तेस्रो दिन पनि जारी छ। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायतका सात दलले मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै धर्ना जारी राखेका हुन्। मंगलबारदेखि सुरु भएको शान्तिपूर्ण धर्ना आगामी […]

मधेस सरकार गठन विरुद्धको मुद्दा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक  २६ गते । मधेस प्रदेश सरकार गठन विरुद्ध दायर भएको रिटको सुनुवाइका लागि पेशी तोकिएको छ। प्रदेशसभाका दोस्रो ठूलो दल नेपाली कांग्रेससहित ७ दलको ७४ जना सांसदहरूले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो। मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, […]

पुनः खुल्यो मधेससँग जोडिएको नेपाल-भारत सीमा, रेलपनि सञ्चालनमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक  २६ गते । मधेस प्रदेशसँग जोडिएको नेपाल-भारत सीमानाका खुलेको छ । भारतको बिहार राज्यमा मतदान सम्पन्न भएपछि सीमानाका खुलेको हो । मंगलबार विधानसभाको दोस्रो चरणको मतदान सम्पन्न भएपछि साँझदेखि नै सीमानाका खुलेको जिल्ला प्रशासन कार्यालयहरुलेजनाएको छ । विधानसभाको दोस्रो चरणको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका कार्तिक २२ गते साँझ ६ बजेदेखि […]

मधेश भवन अगाडि सात दलको शान्तिपूर्ण धर्ना, सर्वोच्चको अन्तरिम आदेश जारी

सामाजिक फीडजनकपुरधाम, कार्तिक  २६ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका सात राजनीतिक दलले बुधबारदेखि मधेश भवन अगाडि शान्तिपूर्ण धर्ना सुरु गरेका छन्। बुधबार बिहानदेखि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सात दलका नेता, कार्यकर्ता र प्रदेशसभा सदस्यहरू मधेश भवनको २ नम्बर गेट अगाडि धर्नामा बसेका छन्। मंगलबार […]

तनावपूर्ण माहोलबीच मुख्यमन्त्री सरोजकुमार यादवको पदभार ग्रहण

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार असहज परिस्थितिका बीच मधेश भवन पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणको क्रममा मधेश भवन बाहिर सात राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरी […]

पार्टीको निर्देशन अवज्ञा गर्दै राप्रपाकी विच्छा मधेस सरकारमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशनको अवज्ञा गर्दै मधेस प्रदेश सरकारमा मन्त्री बनेकी प्रदेशसभा सदस्य कञ्चन विच्छा आफ्नो अडान कायमै राखेकी छिन्। मुख्यमन्त्री सरोजकुमार यादवको मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनी निर्धक्क रूपमा सहभागी भएकी छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट नबाहिरिए कारबाही गर्ने चेतावनी दिएपनि उनले […]

दिल्लीको लाल किल्ला नजिक कार विस्फोट : आठको मृत्यु, अनुसन्धान जारी

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ करिब ७ बजे भएको कार विस्फोटमा आठ जनाको ज्यान गएपछि जाँच मंगलबार बिहानैबाट सुरु गरिएको छ। विस्फोटपछि फोरेन्सिक टोलीले घटनास्थलबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार अनुसन्धानमा संलग्न प्रहरीले भने कि घटनासँग सम्बन्धित चार […]

सरकार गठनविरुद्ध सात दलको धर्ना, सर्वोच्चमा रिट दर्ता

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेश प्रदेश सरकार गठनविरुद्ध सात राजनीतिक दलका सांसदहरूले आज मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाको विरोधमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल लगायतका दलका सांसदहरू धर्नामा बसेका हुन्। सरकार गठन प्रक्रियालाई असंवैधानिक भन्दै एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा […]

मधेसमा एमाले नेतृत्वको सरकार गठनविरुद्ध मुद्दा सात दल सर्वोच्चमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेस प्रदेशमा नेकपा एमाले नेतृत्वमा बनेको सरकारविरुद्ध सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मुद्दा दायर गर्न ७ दल […]

मधेसका कृषिका लागि लाइफलाइनको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोडिँदै

सामाजिक फीडजनकपुरधाम, कार्तिक २५ गते । मधेसको कृषिका लागि लाइफलाइनको रुपमा रहेको राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्न प्रक्रिया सुरु भएको हो । बाँध (हेडवक्र्स) लगायत संचरना बनाउने ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो । पटेल–रमण जेभीले विद्युत गृहलगायतका सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका […]