जलिरहेको भाटभटेनीमा भेटियो चार जनाको शव

समाजिक फीडजनकपुरधाम, भदौ २७ गते । धरानस्थित भाटभटेनी सुपरमार्केटको शाखामा जेन–जेड आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगोमा चारजनाको शव फेला परेको छ। मंगलबार सुरु भएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। उनका अनुसार, जलेको अवस्थामा भेटिएका […]
जेन-जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो। तीमध्ये ३ जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना सर्वसाधारण, र ९ जना कैदीबन्दी रहेका छन्। घाइतेहरूको संख्या ४ सयभन्दा बढी रहेको प्रहरीको […]
आइतबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाका सेवा नियमित, राहदानी–परिचयपत्र सेवा अझै बन्द

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। […]
अन्तरिम सरकार गठनबारे शीतलनिवासमा दिउँसो छलफल हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा शुक्रबार दिउँसो बैठक बस्ने भएको छ। सबै प्रावधान र प्रक्रियागत विषय टुंगिएमा शुक्रबार बेलुकासम्मै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ।शुक्रबार बिहान ९ बजे सुरु हुने भनिएको छलफल दिउँसोका लागि सारिएको हो। बैठकले अझै बाँकी […]
जनकपुरधाममा कर्फ्यु आदेश जारी

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । जेन–जीको प्रदर्शन उग्र बन्दा धनुषाको जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९क० अनुसार जारी आदेशअनुसार कर्फ्यु क्षेत्र मधेस भवनको उत्तरतर्फ मुसहरी टोल चोक ९ वडा नं. […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने तयारी

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार, गोठाटारलगायतका क्षेत्रमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा खतरा बढेपछि यस्तो निर्णय गरिएको हो। हाल आकासमा रहेका जहाजलाई मात्र अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित गरिनेछ। विमानस्थलमा नेपाली […]
केपी ओलीको निवसमा अगो लगाइयो

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले उनको घरमा आगो लगाएका हुन । प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्। अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ […]
युवाको आन्दोलनलाई समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप यादवले दिए पदबाट राजीनामा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । संघीय खानेपानी मन्त्री प्रदिप यादवले आफ्नो पदबाट राजीनामा दिएका छन । काठमाडौं सहित देशका विभिन्न स्थानमा जेनजीले गरेको आन्दोलनलाई समर्थन गर्दै र सरकार तथा प्रशासनले गरेको दमनको विरोध स्वरूप उनले राजीनामा घोषणा गरेका हुन् । मन्त्रीले फेसबुकमा स्टाटस लेख्दै राजीनमा दिएका हुन । “प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम […]
जनकपुरमा मुख्यमन्त्री कार्यालय सहित मधेश भवनमा ढुंगामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । जनकपुरधाम स्थित रहेको मधेश भवनमा प्रदर्शनकारीले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयको झ्याल, ढोका उनीहरुले तोडफोड गरेका हुन । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि ढुंगामुढा प्रहार गर्दै मधेश भवनमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन । सोमवार काठमाडौंमा सरकारले मच्चाएको नरसंहार, भ्रष्टाचार र बेतिथिी विरुद्ध जनकपुर सहित […]
जनकपुर तनावग्रस्त : रघुवीर महासेठको घरमा आगजनी, मोटरसाइकल पनि जलाइयो

सामाजिक फीड, २४ भदौ २०८२। युवाहरुको आन्दोलनले जनकपुर तनावग्रस्त बनेको छ । विभिन्न चोक चोकमा प्रदर्शन गरिरहेका उनीहरुले नेकपा एमालेका सचिव रघुविर महासेठको जनकपुरस्थित रहेको घरमा आगजानी समेत गरेका छन् । एमाले नेतृत्वको सरकारले काठमाडौंमा मच्चाएको नरसंहार र भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाले उनको घरमा तोडफोड र आगजानी गरेका हुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर […]