सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८गते ।
भारतको बिहार राज्यमा नोभेम्बर ६ तारिखदेखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल भारत सीमा १० गजामा कडाइ गरिएको छ । चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगल समन्वय गरी सीमामा कडाइ गरिएको हो ।
सशस्त्र प्रहरी बल प्रदेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसवीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाई गरिएको हो ।
आगामी नभेम्बर ६ तारेखदेखि ११ तारेखसम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।
चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।