सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १९ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।
आज बिहान ११ बजेदेखि ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले जनाएका हुन ।
जसपा नेपालको बैठक बिहीबारसम्म चल्ने पार्टीले जनाएको छ ।