जनकपुरको मोनास्टिक स्कुलले सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अटिजम दिवस मनायो

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । जनकपुरधामस्थित मोनास्टिक आवासीय माध्यमिक विद्यालयले विशेष सचेतनामूलक कार्यक्रम आयोजना गगरी विश्व अटिजम सचेतना दिवस मनाएको छ । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई अटिजम अर्थात् मस्तिष्क विकाससँग सम्बन्धित अवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको हो । कार्यक्रममा वक्ताहरूले अटिजम भएका व्यक्तिहरूको सोच्ने, बुझ्ने र अभिव्यक्त गर्ने तरिका सामान्यभन्दा फरक […]
सरकारी विज्ञापन अब निजी सञ्चारमाध्यममा गर्न नपाइने

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । संघ सरकारले अब तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न रोक लगाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस निर्णयको जानकारी मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै दिएको हो। झयो कदम मितव्ययिता कायम राख्न, विज्ञापन तथा सूचना प्रकाशनरप्रसारणमा पारदर्शिता […]
मधेस प्रदेशमा अनुदान छानबिन प्रतिवेदन जल्यो, कारबाही प्रक्रिया अन्योलमा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । मधेस प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको सशर्त तथा विशेष अनुदानमा भएको भनिएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन नष्ट भएपछि कारबाही प्रक्रिया अन्योलमा परेको छ। जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी हुँदा उक्त प्रतिवेदन जलेर नष्ट भएको बताइएको छ। आर्थिक वर्ष २०७९/०८० मा सशर्त अनुदान र रकमान्तर प्रक्रियामा अनियमितता भएको आरोपपछि प्रदेश सरकारले […]
जनकपुर सहित देशभर आजदेखि एसईई सुरु

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । आजदेखि जनकपुर सहित देशभर माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परिक्षा सुरु भएको छ। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइएका छन । मधेस प्रदेशमा यस वर्षदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन। साथै परीक्षामा सहभागी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई चिट, गाइड, किताब, नोटबुक, मोबाइल फोन […]
सर्लाहीमा दिदीबहिनीको शव रुखमा झुन्डिएको अवस्थामा भेट्यो

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । सर्लाहीमा दुईजना दिदिबहिनी मृत फेला परेकी छन् । गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी अन्दाजी १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास मृत अवस्थामा फेला परेका हुन् […]
तमलोपा पार्टी र जसपा नेपाल पार्टीको एकीकरण भंग

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँग भएको एकीकरण तोडेको छ। गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको करिब तीन सातापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पनि एकता भएको थियो। तमलोपाका नेता रविशंकरकुमार कर्णले […]
सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठन भंग

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । सर्लाहीमा रहेको सागरनाथ वन विकास परियोजनाको कर्मचारी संगठनको प्रारम्भिक कार्य समिति भंग गरिएको छ ।संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार भंग गरिएको हो । राजनीतिक ट्रेड युनियनहरू भंग गर्ने मन्त्रीपरिषद्बाट निर्णय भएपछि समितिको उक्त निर्णयको स्वागत गर्दै चैत १६ गतेदेखि लागु हुने गरी समिति भंग गरेको जनाइएको हो । मन्त्रिपरिषद्को चैत १३ […]
छात्रालाई यौन सम्बन्धका लागि दबाब दिएको आरोपमा मधेस विश्वविद्यालयका एक कर्मचारी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । छात्रामाथि यौन सम्बन्धका लागि दबाब दिएको आरोपमा मधेस विश्वविद्यालयका एक कर्मचारी पक्राउ परेका छन् । प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए । उजुरीमा उल्लेख भए अनुसार उनले प्रस्ताव स्वीकार गरेमा […]
रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १८ गते । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लवकुमार सिंहलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान […]
मधेस केन्द्रीत दलका नेतासँग छलफल सुरु गरे रास्वपाका सभापति लामिछाने
सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश केन्द्रित दलका नेताहरूसँग संवाद् थालेका छन् । मंगलबार बिहान उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । रास्वपा सभापति लामिछानेलाई भेट्न ठाकुर उनकै निवास बूढानीलकण्ठ […]