महोत्तरीमा एमालेको सदस्यता ३३ हजार नाघ्यो, मधेसभर १ लाख ५६ हजार पुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते । महोत्तरीमा नेकपा एमालेको पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। एमालेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरीमा पार्टी सदस्य ३३ हजार नाघेको हो। पार्टीको सदस्य ३३ हजार नाघेसँगै २०७९ मा भएको चुनावमा एमालेले महोत्तरीमा प्राप्त गरेको समानुपातिक मतभन्दा […]
मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । आठबुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्। नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू […]
महोत्तरीको दुई ठाउँमा प्रहरीको छापा, १९ जुवाडे पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रमा दुई फरक ठाँउमा छापा मार्दै १९ जना लाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुबै ठाँउबाट जम्मा तीन लाख ६८ हजार रुपैयाँ नगदसहित विभिन्न जुवा खेल्ने सामग्रीहरू बरामद गरिएको छ।महोत्तरी प्रहरीले विशेष जुवातास नियन्त्रण गर्नलाइ अभियानसञ्चालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, […]
बैशाखयता विपद्जन्य घटनामा परेर ३३५ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते । वैशाखयता विपद्का घटनामा परेर देशभर तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । उक्त अवधिमा ४१ जना बेपत्ता हुँदा एक हजार २६४ जना घाइते […]
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बेच्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौंसहित विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतको सितामणिका २४ वर्षीय अकबर खान, […]
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी सुरु

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ । एक सातासम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने विवाहपञ्चमीलाई भव्य र व्यवस्थित रुपमा मनाउनका लागि बिहीबार जानकी मन्दिर परिसरमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आगामी मंसिर ९ गते मनाइने विवाहपञ्चमी महोत्सवको […]
नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

समाजिक फीडजनकपुरधाम, कात्तिक १४ गते । नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ तुइन खोलाको नजिक पहिरो खसेपछि सडकमा आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखि जारी अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो खसेको हो। सडक अबरुद्ध भएपछि सवारीसाधनहरू बीचमै रोकिएका छन्। खनालका भनाइअनुसार पहिरो […]
मधेशका मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधिबीच भेंटघाट, के के भयो कुराकानी ?

समाजिक फीडजनकपुरधाम, कात्तिक १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच जनकपुरधाममा शिष्टाचार भेटघाट भएको छ । बिहीवार मधेश भवनमा भएको भेटघाटको क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको […]
विद्युत् विवादको प्रदर्शनमा बोल्दाबोल्दै जिफन्ट नेता कमल गौतमको आकस्मिक निधन

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा उनी भाषणकै बीचमा बेहोस भएर ढलेका थिए। उद्योगी र मजदुरहरूले ट्रंकलाइन विवादका कारण उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा प्रदर्शन गरिरहेका बेला गौतमले मजदुरको पक्षबाट सम्बोधन गरिरहेका थिए। उनी ढलेपछि तत्कालै उपचारका लागि […]
सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ जनकपुरधाम । सप्तरीमा प्रहरीमाथि हातपात तथा ढुंगा प्रहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय रोहित कुमार चौधरी, २४ वर्षीय शशिकान्त चौधरी र रुपनी गाउँपालिका १ रायपुरका ३६ वर्षीय […]