Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुष ६  गते ।

मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि परेको दुई वटै उम्मेदवारीलाई आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।

पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ मा दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।

मधेश प्रदेश सभामुखका लागि शनिबार दुई जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *