सामाजिक फीड-
जनकपुरधाम, पुष ७ गते ।
निर्वाचन आयोग आज प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने जानकारी दिए । उनले छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने बताए ।
यता, प्रधानमन्त्रीको सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धमा राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल हुन लागेको जनाएको हो । छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतीकरण रहने जनाएको छ ।
छलफलमा सहभागी हुन राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरुलाई पनि बोलाइएको छ ।