सामाजिक फीड-
जनकपुरधाम, पुष ९ गते ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा परेको पूरक रिटमा आज पेसी तोकिएको छ । मंगलबार नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ निवर्तमान सांसदले पूरक रिट दायर गरेकोमा आज पेसी तोकिएको हो ।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पूर्वसांसदहरूद्वारा हस्ताक्षरसहितको वारेस दिइएको थियो । २३ मंसिरमा कांग्रेसका ८ सांसदले रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि सोही माग गर्दै सर्वोच्च पुगेका हुन् ।
नेकपा एमालेका ७५ सांसदले यसअघि नै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।