Samajik Feed – News Portal from Nepal

देशभरका विद्यालय खुले, भोलिदेखि पढाइ हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि पुनः सञ्चालनमा आएका छन्। सामुदायिक तथा निजी दुवै प्रकारका विद्यालयहरू खोलिएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, ‘आज शिक्षक तथा कर्मचारीहरूले विद्यालय सरसफाइ गरेका छन्, भोलिदेखि नियमित पठनपाठन सुरु हुन्छ।’ काठमाडौं महानगरपालिकाले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भने […]

रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी, नयाँ पार्टी खोल्ने घोषणा

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गरेको जानकारी दिएका छन्। उनले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका हुन्। टीकापुर घटनापछि भूमिगत रहेका चौधरीले जेलमै रहेका बेला भारी […]

जलिरहेको भाटभटेनीमा भेटियो चार जनाको शव

समाजिक फीडजनकपुरधाम, भदौ २७ गते । धरानस्थित भाटभटेनी सुपरमार्केटको शाखामा जेन–जेड आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगोमा चारजनाको शव फेला परेको छ। मंगलबार सुरु भएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए। उनका अनुसार, जलेको अवस्थामा भेटिएका […]

जेन-जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जेन-जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको हो। तीमध्ये ३ जना प्रहरी, २१ जना प्रदर्शनकारी, १८ जना सर्वसाधारण, र ९ जना कैदीबन्दी रहेका छन्। घाइतेहरूको संख्या ४ सयभन्दा बढी रहेको प्रहरीको […]

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाका सेवा नियमित, राहदानी–परिचयपत्र सेवा अझै बन्द

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। […]

अन्तरिम सरकार गठनबारे शीतलनिवासमा दिउँसो छलफल हुने

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा शुक्रबार दिउँसो बैठक बस्ने भएको छ। सबै प्रावधान र प्रक्रियागत विषय टुंगिएमा शुक्रबार बेलुकासम्मै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ।शुक्रबार बिहान ९ बजे सुरु हुने भनिएको छलफल दिउँसोका लागि सारिएको हो। बैठकले अझै बाँकी […]

जनकपुरधाममा कर्फ्यु आदेश जारी

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । जेन–जीको प्रदर्शन उग्र बन्दा धनुषाको जनकपुरधाम क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९९क० अनुसार जारी आदेशअनुसार कर्फ्यु क्षेत्र मधेस भवनको उत्तरतर्फ मुसहरी टोल चोक ९ वडा नं. […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने तयारी

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार, गोठाटारलगायतका क्षेत्रमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा खतरा बढेपछि यस्तो निर्णय गरिएको हो। हाल आकासमा रहेका जहाजलाई मात्र अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित गरिनेछ। विमानस्थलमा नेपाली […]

केपी ओलीको निवसमा अगो लगाइयो

समाजिक फीडकाठमाडौं, भदौ २४ गते । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले उनको घरमा आगो लगाएका हुन । प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्। अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ […]

युवाको आन्दोलनलाई समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप यादवले दिए पदबाट राजीनामा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । संघीय खानेपानी मन्त्री प्रदिप यादवले आफ्नो पदबाट राजीनामा दिएका छन । काठमाडौं सहित देशका विभिन्न स्थानमा जेनजीले गरेको आन्दोलनलाई समर्थन गर्दै र सरकार तथा प्रशासनले गरेको दमनको विरोध स्वरूप उनले राजीनामा घोषणा गरेका हुन् । मन्त्रीले फेसबुकमा स्टाटस लेख्दै राजीनमा दिएका हुन । “प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम […]