समाजिक फीड
काठमाडौं, भदौ २४ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार, गोठाटारलगायतका क्षेत्रमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा खतरा बढेपछि यस्तो निर्णय गरिएको हो।
हाल आकासमा रहेका जहाजलाई मात्र अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित गरिनेछ। विमानस्थलमा नेपाली सेनाले सुरक्षा व्यवस्थापन गरिरहेको छ, र अब मुख्य गेट बन्द गर्दै सबै गतिविधि रोक्ने तयारी भइरहेको बताइएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।