Samajik Feed – News Portal from Nepal

शिक्षक पत्रकर हुँदै मधेशको सभामुख बने रामअशिष यादव 

सामाजिक फीडजनकपुरधाम, पुस ६ गते । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद […]

सर्लाहीमा ९५ हजार नक्कली रुपैयाँसहित एक व्यक्ति पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २५ गते l सर्लाही प्रहरीले ९५ हजार नक्कली रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका ५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।प्रहरीले खानलाई १ हजारको ९५ थान नक्कली रुपैयाँ सहित पक्राउ गरेको हो ।बुधबार राति अन्दाजी साढे ९ […]

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते l पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को मध्यविन्दुमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्। नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस शुक्रबार मध्यविन्दु-८ स्थित खजुरी खोलामा दुर्घटना भएकाे हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सबै घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल, […]

बारामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते l बाराको सिमरा क्षेत्रमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर-सिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा-६ का अध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै एमालेबाट निर्वाचित हुन्। बुधबार भएको वादविवादको क्रममा जेनजी युवा सम्राट उपाध्यायमाथि श्रेष्ठ र अन्सारीसहित अन्य ६ जनाले कुटपिट […]

सभामुख र मुख्यमन्त्री चयनका लागि सर्वदलीय बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते l मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ नेतृत्व चयनको विषयमा राजनीतिक गतिविधि बढेको छ। बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि बिहीबार सर्वदलीय बैठक बस्ने तय भएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक रामअशिष यादवका अनुसार आजको बैठकको मुख्य एजेन्डा नयाँ सभामुख चयन र मुख्यमन्त्रीको […]

मकवानपुरको बुङ्दलखोला पुलबाट मोटरसाइकल ५० फिट तल खस्दा दुई जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते l मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका-१ को सिमानामा स्थित बुङ्दलखोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल आज बिहान करिब ५० फिट तल खसेपछि हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३९ वर्षीय चालक वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी […]

मतदाता नामावली संकलनमा चाप बढेपछि प्रधानमन्त्रीले ५ दिन म्याद थप गर्न आग्रह गरिन्।

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते l प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको बढ्दो उत्साह र भीडलाई मध्यनजर गर्दै निर्वाचन आयोगलाई म्याद थप गर्न अनुरोध गरेकी छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा भएको कुराकानीका क्रममा प्रधानमन्त्रीले नाम दर्ता प्रक्रिया सहज बनाउन पाँच दिन म्याद बढाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आयोग यस […]

यातायात व्यवस्था विभागको डेटा सेन्टर फेरि बिग्रियो, नयाँ लाइसेन्स आवेदन पुनः बन्द

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते l यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ चालक अनुमतिपत्र का लागि आवेदन दिने सेवा फेरि बन्द गरिएको छ। १६ कात्तिकदेखि आंशिक रूपमा खुलेको नयाँ लाइसेन्स आवेदन प्रणाली आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको विभागले जनाएको छ। गत २३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको संरचनामा […]

धादिङमा आलु र प्याज बोकेको ट्रक खोलामा खस्यो, दुई जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते l भैरहवाबाट आलु र प्याज लिएर काठमाडौंतर्फ आउँदै गरेको एक ट्रक धादिङको कमेरे भिर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। पृथ्वी राजमार्गअन्तर्गत आज बिहान करिब ३ बजेर ४५ मिनेटमा ट्रक अनियन्त्रित भई महेश खोलामा खसेको हो। दुर्घटनामा ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय अझय सुनार र रामेछाप सुनापती गाउँपालिका-४ […]

भन्सार छली गरी रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते l इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका-१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट अवैध रूपमा ल्याइएका मोबाइल फोनहरू बरामद गरेको छ। प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरूले सडकमा झोला फ्याँकेर भागेका थिए। त्यसपछि प्रहरीले सो झोलाबाट विभिन्न ब्रान्डका मोबाइल फोनहरू बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी […]