Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २५ गते l

सर्लाही प्रहरीले ९५ हजार नक्कली रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका ५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
प्रहरीले खानलाई १ हजारको ९५ थान नक्कली रुपैयाँ सहित पक्राउ गरेको हो ।
बुधबार राति अन्दाजी साढे ९ बजेको समयमा बिष्णु गाउँपालिका ६ स्थित प्रहरी चेकपोष्टमा इलाका प्रहरी कार्यालय फेन्हारा सर्लाहीबाट खटिएको चेकिङ टोलीले खानलाई नक्कली नोट सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले खानलाई चकजाँच गर्ने क्रममा अन्टेस्ट मोटरसाइकलमा भारत तर्फबाट सिमरा तर्फ आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ९५ हजार नक्कली रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *