Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ४
गते ।

दोधारा-चाँदनी नगरपालिका-४, माननीय चोकमा एक दर्दनाक घटना घटेको छ। स्थानीय निवासी हरिप्रसाद श्रेष्ठले आफ्नी ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति श्रेष्ठले धारिलो हतियार प्रयोग गरी आमामाथि आक्रमण गरेका थिए, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो।

घटनामा अभियुक्तकी बहिनी भगवती माझी समेत घाइते भएकी छन्। दाजुको आक्रमणबाट घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका अभियुक्त हरिप्रसाद श्रेष्ठको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार जग्गासम्बन्धी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *