Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ३० गते l

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका-१ को सिमानामा स्थित बुङ्दलखोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३-००५प ७९८० नम्बरको मोटरसाइकल आज बिहान करिब ५० फिट तल खसेपछि हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३९ वर्षीय चालक वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका-१३ घर भई हेटौंडा-२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

दुवै जनाको शव परीक्षणका लागि हेटौंडा अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए। उनका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *