सामाजिक फीड-
जनकपुरधाम, मंसिर ४ गते l
बाराको सिमरा क्षेत्रमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर-सिमरा उपमहानगरपालिका-२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा-६ का अध्यक्ष कैमोदिन अन्सारी छन्। दुवै एमालेबाट निर्वाचित हुन्।
बुधबार भएको वादविवादको क्रममा जेनजी युवा सम्राट उपाध्यायमाथि श्रेष्ठ र अन्सारीसहित अन्य ६ जनाले कुटपिट गरेको आरोप छ। उपाध्यायले बुधबार जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले बाँकी चार जनालाई पक्राउ नगरेको भन्दै जेनजी युवाहरू आज बिहान १० बजे सिमरा चोकमा टायर बालेर पुनः प्रदर्शनमा उत्रिएका छन्।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।