Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ४ गते l

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ नेतृत्व चयनको विषयमा राजनीतिक गतिविधि बढेको छ। बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि बिहीबार सर्वदलीय बैठक बस्ने तय भएको छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक रामअशिष यादवका अनुसार आजको बैठकको मुख्य एजेन्डा नयाँ सभामुख चयन र मुख्यमन्त्रीको स्थिति सम्बन्धी छलफल हुनेछ। सात दलीय गठबन्धनभित्र सभामुखका लागि कसले दाबी गर्ने र मुख्यमन्त्री पद लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) बाटै रहने कि अन्य दलले दाबी गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ।

यादवले भने, “आजको सर्वदलीय बैठक मुख्य रूपमा छलफलमा केन्द्रित हुनेछ। सभामुख चयनमा केन्द्रबाट आउने निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। निर्णय भन्दा बढी एजेन्डा तयारी र दलहरूबीच मत मिलानमा बैठक केन्द्रित रहनेछ।”

यसैबीच, लोसपा मुख्यमन्त्री पद आफूले पाउनेमा विश्वस्त रहेको जनाएको छ। लोसपा संसदीय दलका नेता जयनुल राइनले जताउँदै भने, “सात दलीय गठबन्धन एकमत छ र मुख्यमन्त्री लोसपाबाटै बन्नेमा कुनै दुईमत छैन। जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्ने निश्चित छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *