Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते l

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को मध्यविन्दुमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस शुक्रबार मध्यविन्दु-८ स्थित खजुरी खोलामा दुर्घटना भएकाे हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सबै घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *