सामाजिक फीड-
जनकपुरधाम,चैत्र ३ गते l
मुलुकमा ग्यास अभावको बिच नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको छ। बजारमा आपूर्ति कठिनाइका कारण निगमले ९ सय ५५ रुपैयाँमा आधा सिलिन्डर उपलब्ध गराउँदै उपभोक्ताको माग पूरा गर्ने व्यवस्था गरेको छ।
निगमका अनुसार, वितरण प्रणाली यसरी तयार गरिएको छ कि उपभोक्ताले खाली हात फर्किन नपरोस् र ग्यास सबैसम्म पहुँच पुग्नेछ। यस कदमले बजारमा देखिएको चाप केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।