प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

सामाजिक फीड-जनकपुरधाम, पुष २१ गते । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। कमजोर ‘भिजीबिलिटी’ (दृश्यता) का कारण काठमाडौँ बाहिरका धेरैजसो विमानस्थलमा बिहानको उडान प्रभावित भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान भइरहे पनि अन्य स्थानका विमानस्थलमा नियमित उडान हुन सकेन। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार भद्रपुर, भरतपुर, पोखरा, […]
जनकपुर शाखाको कर्जा असुली प्रक्रिया र प्रबन्धक पक्राउ सम्बन्धी समाचार भ्रमपूर्ण: सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी सञ्चार माध्यममा आएका समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले ऋण असुली प्रक्रियामा कुनै अनियमितता नभएको र सबै प्रक्रिया प्रचलित कानूनी मापदण्ड र बैंकिङ्ग अभ्यासअनुसार भएको जनाएको छ। बैंकका अनुसार, जनकपुर […]
जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई पुनः सशक्त बनाउन रामायण काँन्क्लेव आयोजना

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि जनकपुरमा दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना गरिएको छ। यो काँन्क्लेव हिन्दुधर्मग्रन्थ रामायणका आधारमा त्रेता युगका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताको विवाहसम्बन्धको ऐतिहासिक अर्थलाई पुनः जीवित बनाउनका लागि आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन जनकी मन्दिरका उत्तराधिकारी महन्थ […]
ललित राजवंशीलाई एनपीएलमा उत्कृष्ट बलरको पुरस्कार, १० लाखको विद्युतीय बाइक जिते

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । लिगमा कूल १७ विकेट लिएका राजवंशी उत्कृष्ट बलर घोषित भएसँगै अल्ट्राभाइलेट कम्पनीको एफ ७७ मोडेलको विद्युतीय बाइक पाएका छन् ।अल्ट्राभाइलेट एफ ७७ विद्युतीय बाइक जेट-इन्स्पायर्ड डिजाइनमा उपलब्ध छ । यस बाइकमा १०.३ […]
नेपाली विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । काठमाडौं विश्वविद्यालयका विद्यार्थी समूह ‘टिम उडान’ पहिलो पटक अमेरिकामा आयोजना हुने १८औं वार्षिक अन्तर्राष्ट्रिय रकेट इन्जिनियरिङ प्रतियोगिता (आईआरईसी २०२५) मा सहभागी हुने भएको छ। सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा विश्वभरका १५० भन्दा बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पहिलो पटक सहभागी […]
मुग्लिङ–नागढुंगा सडक दैनिक तीन घण्टा बन्द: पुस १३ गतेसम्म कटान र सुधार कार्य

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । मुग्लिङ–नागढुंगा सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नति र घुम्ती सुधारसहितका कटान कार्य गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिङ सडक आयोजनाले जनाएको छ। आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग प्रयोग गर्ने सवारीचालकलाई लेन अनुशासन पालना गर्न आग्रह गरेको […]
जलेश्वर कारागारका कैदीको हृदयघातबाट मृत्यु

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निसाज सुनुवारको आइतबार बिहान ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, सुनुवारलाई लागूऔषध ब्राउनसुगर मुद्दामा ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। आइतबार बिहान ८ बजे असहज महसुस भएपछि उनलाई […]
बाजुराको ५.२ रेक्टर स्केलको भूकम्प: ८ घर पूर्ण क्षति, १२३ परिवार जोखिममा

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पले आठ घर पूर्ण रूपमा भत्काएको छ भने केही घर आंशिक रूपमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रारम्भिक तथ्यांकअनुसार बुढीनन्दा नगरपालिका–२ की कल्पना बुढाको दुईतले घर, वडा नं. ४ मा जनक बोहराको घर, र वडा नं. […]
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले ४५० पृष्ठ लामो आरोपपत्रसहित प्रमाणहरू अदालतमा पेश गरिएको जानकारी दिएकी छिन्। जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले आरोपपत्र अध्ययन गर्ने प्रक्रिया जारी रहेको बताए। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित […]
टिकटक भिडियो बनाउने क्रममा तेह्रथुममा शिक्षिका र छात्राको मृत्यु

सामाजिक फीड-जनकपुरधाम,पुस ७ गते । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ स्थित खोरुङ्गा खोलामा टिकटक भिडियो बनाउने क्रममा दुई जनाको ज्यान गएको छ। गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयकी कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको शनिबार मृत्यु भएको हो। विद्यार्थीहरूको टोली नुहाउन खोरुङ्गा खोला पुगेका बेला घटना भएको हो। नुहाउने क्रममा शिक्षिका […]