Skip to main content

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

मुग्लिङ–नागढुंगा सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नति र घुम्ती सुधारसहितका कटान कार्य गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिङ सडक आयोजनाले जनाएको छ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग प्रयोग गर्ने सवारीचालकलाई लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। बन्द अवधिमा एम्बुलेन्स, प्रहरीका सवारीसाधन र दमकल जस्ता अत्यावश्यक सेवा संचालनमा भने रोकावट नहुने बताइएको छ।

नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी क्षेत्रमा रोकिनेछ भने हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ।

यसैगरी, चितवनतर्फबाट नौबिसे आउने सवारीसाधन चालिसे र घाटबेंसी क्षेत्रमा रोकिनेछ। विशालटार मोड सुधारका क्रममा मुग्लिङबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *