Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,पुस ७ गते ।

महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निसाज सुनुवारको आइतबार बिहान ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, सुनुवारलाई लागूऔषध ब्राउनसुगर मुद्दामा ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। आइतबार बिहान ८ बजे असहज महसुस भएपछि उनलाई जलेश्वर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जलेश्वर कारागार महोत्तरीका प्रवक्ता रविनचन्द्र ठाकुरले जानकारी दिनुभएको छ।

मृत्युको कारण हृदयघात रहेको बताइएको छ। सुनुवारको शव अहिले प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तु जैसवारका अनुसार, शवको पोस्टमोर्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *