मुस्कान अस्पतालमा शल्यक्रियापछि चार महिनादेखि बेहोस पविताको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १६ गते । जनकपुरमा पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि बेहोस अवस्थामा रहेकी सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको निधन भएको छ । साढे ३ महिनादेखि काठमाडौंस्थित केएमसी अस्पतालको भेन्टिलेटरमा उपचाररत पविताको आज बिहान ७ बजे मृत्यु भएको हो । गौशाला प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार बेदनाथ पौडेलका अनुसार अस्पतालले आज बिहान […]
नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड-जनकपुरधाम, जेठ १३ गते । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मंगलबार आयोगले विशेष अदालतमा गाउँपालिकाका पूर्व अध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्व उपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर […]
मधेशका पूर्व अर्थमन्त्री यादवसहित ८ जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

सामाजिक फीडजनकपुरधाम, जेठ ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बागमती नगरपालिकामा माछापोखरी निर्माणको नाममा अनियमितता गर्दै २९ करोड रुपैयाँको हानी नोक्सानी पुर्याएको अख्तियारले दावी गरेको छ । यादव आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म अर्थमन्त्री थिए। अख्तियारले यादवसँगै बागमती […]
डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनामाथि भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामकिशुन यादव, इन्जिनियर कुलानन्द बिराजी र रामाकान्त चौधरी, सव–इन्जिनियर संजय कुमार यादव, योजना शाखाका शाखा अधिकृत विनोद कुमार ठाकुर, सहायकस्तर पाँचौकी निकिता चौधरी, लेखापाल अनिता […]
नौ महिनामा भित्रियो करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधि (साउनदेखि चैतसम्म)मा करिब १२ खर्ब रूपैयाँ बराबरको रेमिटेन्स देशमा भित्रिएको छ । यस अवधिमा कुल ११ खर्ब ९१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भित्रिएको १० खर्ब ८२ अर्ब रूपैयाँभन्दा १०.०७ प्रतिशतले बढी हो […]
रौतहटको एक सुधार केन्द्रमा निर्घात कुटपिट

सामाजिक फीड जनकपुरधाम, बैशाख २२ गते । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ […]
रौतहटमा कार र मोटरसाइकल ठोक्किँदा बुबा र छोरीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, बैशाख २१ गते । रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने ६० वर्षीय बलिराम सहनी र मोटरसाइकलमा पछाडि सवार छोरी ४० वर्षीया उर्मिला देवी सहनी छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामापश्चिमबाट […]
१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

रासस-सिरहा, बैशाख २० गते । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण […]
पर्सामा एक युवकको अपहरण, एक नाबालकसहितचार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख १८ गते । पर्सामा एक युवकको अपहरणको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । अपहरणमा पर्ने व्यक्ति बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साह हुन् । मंगलबार पर्सा प्रहरीले उनलाई अपहरण गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ […]
सप्तरीमा बस दुर्घटना : दुईजनाको मृत्यु, २४ बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १४ । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अन्य २४ भन्दा बढी यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा आज दिउँसो करिब १२ बजे उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सप्तरीको […]