सामाजिक फीड-
जनकपुरधाम, वैशाख १४ ।
सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अन्य २४ भन्दा बढी यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा आज दिउँसो करिब १२ बजे उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र हालसम्म सनाखत नभएकी एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । दुबै जनाको विराटनगरस्थित मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
डिएसपी काफ्लेका अनुसार दुर्घटनामा गम्भीर, मध्यम र सामान्य गरी करिब २४ जना भन्दा बढी छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक झापाको मेचिनगर नगरपालिका–७ निवासी ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ३५ जना सबार रहेका थिए ।