सामाजिक फीड-
जनकपुरधाम, बैशाख २१ गते ।
रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहटको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने ६० वर्षीय बलिराम सहनी र मोटरसाइकलमा पछाडि सवार छोरी ४० वर्षीया उर्मिला देवी सहनी छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको इप्रका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।