सामाजिक फीड-
जनकपुरधाम, बैशाख २८ गते ।
चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधि (साउनदेखि चैतसम्म)मा करिब १२ खर्ब रूपैयाँ बराबरको रेमिटेन्स देशमा भित्रिएको छ ।
यस अवधिमा कुल ११ खर्ब ९१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भित्रिएको १० खर्ब ८२ अर्ब रूपैयाँभन्दा १०.०७ प्रतिशतले बढी हो ।
चैत महिनामा मात्र १ खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । पछिल्ला २६ महिनादेखि हरेक महिना १ खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिनु निरन्तर कायम रहेको छ ।
यस आर्थिक वर्षको नौ महिनामा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा बाहिरिएको ५ अर्ब ११ करोड रूपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पनि १२.७६ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा ५ लाख ३९ हजारले नयाँ वा पुनः श्रम स्वीकृति लिएकोमा, यस वर्ष यो संख्या ६ लाख ७ हजार पुगेको छ ।