Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, बैशाख २२ गते ।

रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ ।

तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ ।

४१ सेकेन्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।

‘भिडिओ हाम्रो जानकारीमा आएसँगै यसबारे अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी रायले भने ।
रायका अनुसार यसका सञ्चालक सुरज गुप्तालाई बोलाएर अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *