विदेश पठाइदिने भन्दै एक करोड ठगी गर्ने चार जना पक्राउ

सामाजिक फीड, काठमाडाैँ, १६ चैत्र । यूरोपेली मुलुक र जापान पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका रूपेशकुमार ठाकुर र कृष्णबहादुर राई, बाजुराका पर्वराज पाण्डे र ललितपुरका जीवन तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ परेकामध्ये राई […]
एसईई सम्बन्धमा जारी ‘अनुगमन अनुमतिपत्र’ रद्द

सामाजिक फीड, काठमाडाैँ, १६ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरेका अनुगमन अनुमतिपत्र रद्द गरेको छ । अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिहरू बाहेकका व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रमा जान थालेपछि बोर्ड अनुगमन अनुमतिपत्र नै रद्द गरिदिएको हो । अन्य व्यक्ति परीक्षा केन्द्रहरूमा गएपछि परीक्षार्थीको लेखन कार्यमा असुविधा भएको गुनासो आएकोले यो […]
प्रश्नपत्र आउट गरेको आरोपमा एक छात्रा पक्राउ

सामाजिक फीड, सिरहा, १६ चैत्र । माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिएपछि प्रहरीले एक परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार नेपाली विषयको प्रश्नपत्र गोलबजारस्थित जनता मावि परीक्षा केन्द्रबाट बाहिरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिएका हुन् । प्रहरीले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिएको पनि दाहालले जानकारी दिए । गोलबजार […]
सर्लाहीका १० परीक्षा केन्द्रका निरीक्षक निष्काशित

सामाजिक फीड, सर्लाही, १५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित क्रियाकलाप गरेको आरोपमा सर्लाहीमा १० परीक्षा निरीक्षक निष्काशनका परेका छन् । आजबाट सुरु भएको एसईई परीक्षामा मर्यादा कायम नगरेको आरोपमा कारबाहीस्वरूप उनीहरूलाई निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिएका हुन् । गोडैता […]
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरु माथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरिएको आरोप छ। मुद्दामा पूर्व अध्यक्षद्वय झा, पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल र बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा, र अच्यूतानन्द […]
राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

सामाजिक फीड, काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । उपाध्यक्ष अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा दिएकी हुन् । नयाँ गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो । साेही समझदारीअनुसार उनले पदबाट राजीनामा दिएकी हुन् । गत वर्ष माघ २७ गते भएको चुनावमा राष्ट्रियसभाको […]
आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

सामाजिक फीड-जनकपुरधाम, चैत १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालये जनाएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सामुदायिक […]
कर्जन्हाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, १४ चैत्र । सिरहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालनी नगर प्रमुख पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणका […]
रमेश खरेलद्वारा रास्वपा परित्याग

सामाजिक फीड, काठमाडौँ, १४ चैत। पूर्वडीआईजीसमेत रहेका नेता रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । नेता खरेलले बुधबार राजीनामा बुझाएका हुन् । गत चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण […]
विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, १३ चैत्र । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका तत्कालीन प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्माविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै देव इन्टरनेशन प्रालिका […]