Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १४ चैत। पूर्वडीआईजीसमेत रहेका नेता रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । नेता खरेलले बुधबार राजीनामा बुझाएका हुन् ।

गत चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएपछि उनले राजीनामा नै दिएका हुन् ।

गत वैशाख १० मा भएको उपचुनावमा रास्वपा उनले बारा–२ बाट चुनावी मैदानमा उत्रिएका थिए । तर, उनले हार ब्यहोर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *