सामाजिक फीड,
काठमाडौँ, १३ चैत्र । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका तत्कालीन प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्माविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ ।
आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।