Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सर्लाही, १५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित क्रियाकलाप गरेको आरोपमा सर्लाहीमा १० परीक्षा निरीक्षक निष्काशनका परेका छन् ।

आजबाट सुरु भएको एसईई परीक्षामा मर्यादा कायम नगरेको आरोपमा कारबाहीस्वरूप उनीहरूलाई निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिएका हुन् ।

गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *