सामाजिक फीड,
काठमाडौँ, १४ चैत्र । सिरहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालनी नगर प्रमुख पासवान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको उजुरी परेको थियो । यससम्बन्धमा सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने प्रावधानविपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउन लागि बोलपत्र आह्वानको लागि निर्णय भएको पाइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
साथै, कार्यमा संलग्न कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको देखिएकाले निजहरूउपर १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनले निर्देश गरे अनुसार कैद र बिगो बमोजिम जरिवाना माग दाबी गरिएको पनि अख्तियार जनाएको छ ।