Samajik Feed – News Portal from Nepal

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरु माथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरिएको आरोप छ।

मुद्दामा पूर्व अध्यक्षद्वय झा, पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल र बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा, र अच्यूतानन्द मिश्र मिश्रलगायत १९ जनालाई प्रतिवादी बनाइएको छ ।

आयोगले प्रतिवादी विरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *