Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सिरहा, १६ चैत्र । माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिएपछि प्रहरीले एक परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार नेपाली विषयको प्रश्नपत्र गोलबजारस्थित जनता मावि परीक्षा केन्द्रबाट बाहिरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिएका हुन् ।

प्रहरीले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिएको पनि दाहालले जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको हो ।

प्रश्नपत्र बाहिरिएको विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *