सामाजिक फीड,
काठमाडाैँ, १६ चैत्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरेका अनुगमन अनुमतिपत्र रद्द गरेको छ । अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिहरू बाहेकका व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रमा जान थालेपछि बोर्ड अनुगमन अनुमतिपत्र नै रद्द गरिदिएको हो ।
अन्य व्यक्ति परीक्षा केन्द्रहरूमा गएपछि परीक्षार्थीको लेखन कार्यमा असुविधा भएको गुनासो आएकोले यो निर्णय लिनुपरेको पनि बोर्डले स्पष्ट पारेको छ ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।