Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । उपाध्यक्ष अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा दिएकी हुन् ।

नयाँ गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो । साेही समझदारीअनुसार उनले पदबाट राजीनामा दिएकी हुन् । गत वर्ष माघ २७ गते भएको चुनावमा राष्ट्रियसभाको उपाध्यक्ष पदमा उनी निर्विरोध निर्वाचित भएकी थिइन् ।

अर्याल राष्ट्रियसभा सदस्य भने मधेश प्रदेशबाट २०७८ साल माघमा निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *