Samajik Feed – News Portal from Nepal

मधेशी आयोगद्वारा यूएनसँग आग्रह– ‘मधेशको विकासमा थप उपस्थिति बढाउनुस्’

सामाजिक फीड, काठमाडाैँ, १८ चैत्र । मधेशी आयोगले तराई/मधेशको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघलाई थप सहयोग गर्न आग्रह गरेको छ । आइतबार आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले संयुक्त राष्ट्रसंघकी स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डीसँगको भर्चुवल बैठक यस्तो आग्रह गरेका हुन् । डा. दत्तले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न निकायहरूको तराई-मधेशका पिछडिएका क्षेत्रमा प्रभावकारी उपस्थिति बढाउन पनि आग्रह […]

कांग्रेसद्वारा आज पनि संसद् बैठक अवरुद्ध

सामाजिक फीड, काठमाडाैँ, १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । सदन सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि पार्टीको तर्फबाट धारणा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर रूपमा नलिएको जनाए । उनीहरूले […]

एमाले बाराको ११ औँ अधिवेशन सोमबारबाट हुँदै, अध्यक्षमा चार आकांक्षी

सामाजिक फीड, बारा, १८ चैत । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । सोमबारबाट हुन लागेको अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ प्रतिनिधि आउन लागेका छन् । यसैबीच, एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षका […]

धनुषाका सुरेन्द्रको न्यूजिल्याण्डमा भएको दुर्घटनामा मृत्यु

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । न्यूजिल्याण्डमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिकाका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको मृत्यु भएको हो । काममा जाने क्रममा उनी सवारी दुर्घटनामा परेका थिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेलेले जनाएका छन् । samajik_feedsamajikfeed.com

मन्त्री तथा भीआईपीहरूसँगको तस्बिर देखाएर लाखौँ ठगी, एक जना पक्राउ

सामाजिक फीड, रौतहट, १८ चैत्र । मन्त्रीलगायत भीआईपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका एक जना पक्राउ परेका छन् । विभिन्न जिल्लामा पुगेर सर्वसाधारणलाई ठगी गर्दै आएका राैतहटको दुर्गा भगवती गाउँपालिका–६ घर भई गौर–५ बस्ने ३० वर्षीय पवनकुमार सोनीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिवि शिक्षण अस्पताल काठमाडौँस्थित बीए नर्सिङमा नामाङ्कन गराउने नाउँमा […]

बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सामाजिक फीड, काठमाडौँ, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए । उनले महोत्तरी जिल्लाको समग्र […]

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निसासिएर एक जनाको मृत्यु

सामाजिक फीड, जनकपुरधाम, १७ चैत । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ। सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिकको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। samajik_feedsamajikfeed.com

निजगढमा भएको विष्फोटन घटनाका सबै आरोपी रिहा

सामाजिक फीड, बारा, १७ चैत । केही दिनअघि बाराको निजगढमा तीन जनाको ज्यान जाने गरी भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाराले बम विष्फोटमा दोषी भनिएका निजगढ–९ का कबाडी पसले निजगढ–९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना. ५ ख ९७२७ का ट्रक चालक […]

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना ५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट नदीमा खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको […]

गाजामा भइरहेको आक्रमण रोक्न काठमाडौंमा स्वास्थ्यकर्मीको प्रदर्शन

सामाजिक फीडजनकपुरधाम, चैत्र १६ गते । गाजामाथि भइरहेको आक्रमण रोक्न काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार स्वास्थ्यकर्मीहरुले आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् । नेपाल, सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरू संस्थाको अगुवाइमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले विरोध जनाएका छन्। युद्धमा कुनै पक्ष नलिएर घाइतेको उपचारमा खटिएका चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि ज्ञापनपत्र […]