सामाजिक फीड,
काठमाडौँ, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।
महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए । उनले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने पनि बताएका छन् ।